Explore yourself

Thursday, July 1, 2021

कार्यमूलक अनुसन्धान

 कार्यमूलक अनुसन्धान 


शीर्षक:- कक्षा ६ का विद्यार्थीहरुमा विज्ञान विषय पढ्ने बानीको कमी हुनु ।

सन्दर्भ
श्री हिमालय आधारभूत विद्यालय कास्की जिल्लाको पश्चिम उत्तरमा रहेको मादी गाउँपालिकाको वडा नं १२ लिपेयनि गाउँमा अवस्थित छ । कोभीड महामारीको विषम् परिस्थितिले गर्दा विद्यालयमा भौतिक उपस्थिति भई विद्यालय सञ्चालन गर्न सकिएको अबस्था थिएन। अनलाइन शिक्षण सम्भव नभएको कारण टोल शिक्षण कार्यक्रमहरु भने सञ्चालन भएका थिए । टोल शिक्षणले पर्याप्त विद्यार्थी शिक्षक सम्पर्क भने भएको थिएन । विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन भने आश्विन देखि मात्र भएको थियो । जसले गर्दा विद्यार्थीमा पढ्ने वानी अत्यन्त कम भएको पाइयो ।

समस्याको कथन
कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरुमा कोभिड महामारीका कारण शिक्षक विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन नभएको कारण विज्ञान विषय पढ्ने बानीको विकास कम भएको पाइयो । घरमा पनि सहजीकरण गर्ने अभिभावक नभएका र विद्यार्थीले घरमा नटेर्ने भएकोले विद्यार्थी पढ्ने बानी कम भएको पाइयो । फलस्वरूप कक्षा ६ का धेरैजसो विद्यार्थीले विज्ञान विषयको गृहकार्य नगर्ने पाठ नपढ्ने, पढ्न अल्छी गर्ने एवं प्रथम त्रैमासिक परीक्षामा समेत अत्यन्त न्यून अङ्क ल्याएर उत्तीर्ण भएको पाइयो । घरमा मोबाइल मात्र चलाउने र विद्यालयमा पनि कक्षामा खासै चासो दिएर नपढेको पाइयो । कक्षा ६ का प्रायजसो विद्यार्थीमा पढ्ने बानी नभएको कारण विद्यार्थीको शैक्षिक उन्नयनमा गम्भीर समस्या पर्न सक्ने सम्भावना देखेकोले उक्त समस्या तत्कालै समाधान गर्नुपर्ने अत्यन्त जरुरी देखियो ।

समस्याको पहिचान
कक्षा ६ का विद्यार्थीको विज्ञान विषय पढ्ने बानी कम भएको समस्या निम्न उपाय द्वारा पहिचान गरिएको थियो ।
  • कक्षामा पढ्न लगाउँदा
  • गृहकार्य गर्न लगाउँदा
  • प्रथम त्रैमासिक को विज्ञान विषयको नतिजा विश्लेषण गर्दा
  • विद्यार्थीको निर्माणात्मक मूल्यांकन गर्दा

अनुसन्धानको उद्देश्य
    यस अनुसन्धानको उद्देश्य निम्नानुसार रहेको छ ।
  • कक्षा ६ का विद्यार्थीहरुमा विज्ञान विषय पढ्ने बानीको विकास गर्नु ।

समस्याका सम्भावित कारणहरू
यस समस्याका निम्नानुसार कारण हुनसक्छन्
  • विद्यालयमा नियमित पढाइ नहुनु
  • घरमा विद्यार्थीलाई सहजीकरण गर्ने वातावरण नहुनु ।
  • विद्यार्थीहरुको मोबाइलमा लत बस्नु

समस्या समाधानका सम्भावित विकल्पहरु
यस समस्या समाधानका लागि निम्न अनुसारका विकल्प अपनाउन सकिन्छ ।
  • विद्यार्थीलाई परामर्श गर्ने
  • विद्यार्थीलाई योजना बनाएर पढ्न सिकाउने
  • विद्यार्थीलाई पढ्ने प्रतिस्पर्धा गराउने
  • विद्यार्थीलाई छलफल विधि बाट पढ्न लगाउने
  • विद्यार्थीलाई पढ्ने वैज्ञानिक प्रविधि सिकाउने

समस्या समाधानका विकल्पहरूको प्राथमिकीकरण
  • विद्यार्थीलाई परामर्श गर्ने
  • विद्यार्थीलाई प्रतिस्पर्धात्मक शैलीमा पढ्न लगाउने
  • विद्यार्थीलाई योजना बनाएर पढ्न लगाउने
  • विद्यार्थीलाई पढ्ने वैज्ञानिक एवं रोचक विधिहरु सिकाउने
  • उपरोक्त सबै तरिकालाई उपयुक्त ढंगमा प्रयोग गरी पढाउने

कार्यमूलक चरण

प्रथम चक्र

१. योजना
के गर्ने - व्यक्तिगत परामर्श गर्ने, समूहमा परामर्श गर्ने, सम्पूर्ण विद्यार्थीलाई एकसाथ परामर्श गर्ने
कहिले गर्ने - 2077 मंसिर 7 गते 8 गते र 9 गते व्यक्तिगत परामर्श, १० गते समूहमा परामर्श, 11 गते सम्पूर्ण विद्यार्थीलाई एकसाथ परामर्श, 12 गते 14 गते र 15 गते अबलोकन गर्ने
कसले गर्ने - विज्ञान शिक्षक ले गर्ने, प्रधानाध्यापकको सहयोग र मनोचिकित्सकको सल्लाहमा
कसरी गर्ने - प्रत्येक विद्यार्थीलाई कार्यालय कोठामा बोलाएर, कक्षाकोठामा नै परामर्श गर्ने, विद्यार्थीलाई समूहमा बोलाएर परामर्श गर्ने,
किन गर्ने- विद्यार्थीमा पढ्ने बानीको विकास गर्न
२. कार्यान्वयन
श्री हिमालय आविका कक्षा छ का विद्यार्थी प्रत्येकलाई 2077 मंसिर 7 देखि 9 गतेसम्म विभिन्न चरणमा प्रधानाध्यापक एवं मनोचिकित्सक सल्लाहबमोजिम विद्यार्थीको पढाइ सम्बन्धि समस्या पहिचान गर्न समस्या समाधान गर्न निम्न अनुसारको प्रश्नहरूको जवाफ विद्यार्थीहरुलाई सोधियो ।
  • विज्ञान विषय पढ्न मन नलाग्नुको कारण के हो ?
  • घरमा विज्ञान विषय पढ्न कति समय खर्च गर्नुहुन्छ?
  • विज्ञान विषय पढ्नुका फाइदाहरु केके छन् ?
  • विज्ञान विषय नपढ्दा के के नोक्सान हुन सक्छन् ?
  • विज्ञान विषय पढ्न मन जगाउन शिक्षक ले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ? .......आदि |

३. अवलोकन
विद्यार्थी अभिभावक सँग सम्पर्क गरेर विद्यार्थीको पढ्ने बानीमा आएको परिवर्तन अवलोकन गर्न लगाउने र त्यसको टिपोट गर्ने, विद्यार्थीलाई विज्ञानका विभिन्न विषयवस्तुसँग सम्बन्धित प्रश्नहरू सोध्ने, विद्यार्थीको कक्षागत अवलोकन गर्ने,

४. प्रतिबिम्बन
विद्यार्थीमा अपेक्षाकृत सुधार हुन नसकेता पनि ३५% विद्यार्थीमा सकारात्मक परिवर्तन भने भएको पाइयो । केही विद्यार्थीले विज्ञान विषयलाई पढ्न निकै चासो बढाएको र महत्व दिएको समेत पाइयो । लगभग ६५% विद्यार्थीमा भने चाहेजस्तो ब्यबहारिक परिवर्तन नभएको पाइयो ।
प्रथम विकल्प समस्याको निर्मलीकरण नगरेको कारण दोस्रो विकल्पको प्रयोग गर्ने |

दोश्रो चक्र

१. योजना
के गर्ने - विद्यार्थीलाई विज्ञानको कुनै विषयवस्तु पढ्नको लागि चुनौतीपूर्ण वातावरण प्रदान गर्ने ।
कहिले गर्ने - 2077 मंसिर 16 देखि 22 गतेसम्म
कसले गर्ने - विज्ञान शिक्षक ले विद्यार्थीको सहयोगमा गर्ने
किन गर्ने - विद्यार्थीमा पढ्ने बानीमा थप सुधार गर्न
कसरी गर्ने - धेरै पढ्न सक्ने विद्यार्थी रेकर्ड कायम गर्ने,
प्रतिमिनेट पढ्ने क्षमता पहिचान गर्ने, विद्यार्थीलाई आफ्नै पढ्ने मौलिक र नयाँ technique आविष्कार गर्न लगाउने, speed reading गर्न सिकाउने, पढेको विषयवस्तुको सारांश लेख्न र प्रस्तुत गर्न लगाउने, विद्यार्थीले पढेको विषयवस्तुबाट key word हरु छुट्याउन सिकाउने

२. कार्यान्वयन
पहिलो दिन- विद्यार्थीले दैनिक पढ्ने समय tracking गर्ने विद्यार्थीले दैनिक पढ्न खर्चने समय र विज्ञान विषयको लागि खर्चने समयको लगत राखियो।
दोस्रो दिन- विद्यार्थी प्रतिमिनेट पढ्नसक्ने शब्दको हिसाब गर्ने र सेतोपाटीमा प्रकाशन गरिदिने पढ्ने क्षमता बढाउन प्रेरणा दिइयो
तेस्रो दिन - विद्यार्थीलाई आफ्नै पढ्ने technique पत्ता लगाउन र त्यसलाई साथीसँग सहकार्य गर्न लगाइयो
चौथो दिन - speed reading केही तरिकाहरु सिकाइयो
पाँचौ दिन - केहीसमय पढ्न लगाउने र त्यसबाट key शब्दहरू छुट्याउन सिकाउने र सारांश लेख्न लगाइयो ।
छैठौं दिन - विद्यार्थीलाई घरमा अधिकतम समय पढ्नको लागि चुनौती दिने र घरमा पढ्न लगाइयो

३. अवलोकन
प्रथम चक्रमा जसरी नै अवलोकन गरियो,
साथै विद्यार्थीको अन्तरवार्ता पनि लिइयो

४. प्रतिबिम्बन
प्राय विद्यार्थीमा अपेक्षाकृत सुधार पाइयो । नयाँ र रोचक पढ्ने शैलीको कारण लगभग ८०% भन्दा धेरै विद्यार्थीले राम्रो रुचि देखाएर पढेको पाइयो ।बाँकि २०% विद्यार्थीमा सामान्य सुधार पाइयो र केही कमजोर भनीएका विद्यार्थीमा पनि पढ्नको लागि तिब्र प्रतिस्पर्धात्मक शैली विकास भएको पाइयो ।

निष्कर्ष
विद्यार्थीमा विज्ञान विषय पढ्ने बानीको विकास गर्न नवीनतम प्रविधि अपनाउँदा अत्यन्त सुधारोन्मुख नतिजा प्राप्त भयो । विद्यार्थीमा गुमेको पढ्ने बानी बिस्तारै सुधार हुँदै गएको पाइयो ।


समाप्त


प्रस्तुतकर्ता:- संविधान लामिछाने
ठेगाना- पोखरा ११, काहुँ
बिद्यालय:- श्री हिमालय आधारभूत बिद्यालय मादी-१२,कास्की
इमेल- sambidhanabc@gmail.com

Share:

0 comments:

Post a Comment

Search This Blog

Wikipedia

Search results

BTemplates.com

Powered by Blogger.