नेपालीमा लेख्नुहुन्छ तर शुद्ध लेख्न आउदैन । अब चिन्ता लिनु पर्दैन ।
के तपाइलाई नेपालीमा शुद्ध लेख्न गाह्रो भइरहेको छ ? अथवा नेपाली शुद्ध लेख्न आउँदैन।
अब चिन्ता लिनु पनि पर्दैन।
कुनै विज्ञ सँग धाइरहनु पर्दैन ।
यसको लागि तपाइलाई व्याकरणको कुनै नियम कण्ठ गर्न आवश्यक छैन । मात्र युनिकोडमा लेख्न जाने पुग्छ ।
नेपाली लेख्दा हुने केही त्रुटिहरू यस प्रकार छन्;
ह्रस्व र दीर्घमा
हलन्त र अजन्त
शिरविन्दु र चन्द्रविन्दु
केही वर्णहरू जस्तै ब र व, स, ष र स, छ र क्ष, न र ण,
रेफ आदिमा ।
नेपाली लेख्दा हुने त्रुटि कम गर्न हामीले केही वेबसाइट सुझाव गर्नेछौ जसले तपाइको कामलाई सजिलो बनाउने छ ।
नेपाली शुद्धाशुद्धिको लागि केही सर्तहरू
१. तपाइले लेखेको अक्षर युनिकोडमा हुनु पर्नेछ ।
२. यसले पनि कतिपय ठाउँमा गल्ती गर्न सक्छ यसको उत्तरमा पूर्ण रूपमा भर पर्नु भने हुँदैन जस्तै; यसले अक्षर सँगै जोडिएर लेखिएका अक्षरलाई, अङ्ग्रेजी भाषाका तर नेपालीमा लेखिने शब्दलाई गल्ती देखाउन सक्छ ।
कसरी गर्ने त ?
- युनिकोडमा टाइप गरिएको अक्षरहरू कपि गर्नुहोस् । यदि युनिकोडमा टाइप छैन भने युनिकोडमा रूपान्तर गर्नुहोस् ।
- तल दिइएको मध्य कुनै एक आफूलाई मन पर्ने वेबसाइट खोल्नुहोस् ।
- login/signup आवश्यक भए गर्नुहोस् ।
- कपि गरिएकोलाई पेस्ट गर्नुहोस् ।
- गल्ती पहिचान गर्नुहोस् र आवश्यक सुझाव प्रयोग गरी सच्याउनुहोस् ।
- युनिकोडमा रूपान्तरको लागि यहाँ क्लिक गर्नुहोस् ।
नेपाली शुद्धीकरणको लागी लिङ्क क्लिक गर्नुहोस्।
0 comments:
Post a Comment