Explore yourself

Thursday, July 11, 2024

Gamification in learning

खेलले कसरी सिकाइ वृद्धि गर्छ ?

विद्यार्थीलाई खेल मनपर्छ। विद्यार्थीलाई सिकाइप्रतिको रुचि जगाउन र सिकाइ सक्रियता बढाउन सिकाई पनि मन पर्नु  पर्छ । पढाइ/सिकाइ पनि मन पर्ने खालको बनाउन खेल मार्फत शिक्षण गर्न सकिन्छ । 

गेमिफिकेसन जुन खेलका तत्त्वहरूलाई गैरखेलका कामहरूमा प्रयोग गर्नुलाई भनिन्छ। जस्तै शिक्षण सिकाइमा । शिक्षण सिकाइलाई रोचक र अन्तरक्रियात्मक बनाउन गेमका विभिन्न तत्त्वहरू शिक्षण सिकाइमा प्रयोग गर्नुलाई बुझ्नुपर्छ। 

खेलका तत्त्वहरू: 

✅अङ्क र ब्याज: विद्यार्थीले काम सम्पन्न गरेबापत र कुनै धारणा निर्माण गरेबापत अङ्क प्राप्त गर्छन्। ब्याज चाहिँ विशेष उपलब्धिको लागि प्रदान गर्नुपर्छ।

✅लेभल र प्रगति स्तम्भ: सिकाइलाई यात्राको रूपमा लिनुपर्छ जसमा विभिन्न तहहरू जसलाई पूरा गर्दै नयाँ तह खोल्दै जानुपर्छ । विद्यार्थीले आफ्नो प्रगति देख्न पाउँदा उनीहरू उत्प्रेरित हुन्छन् ।

✅लिडर बोर्ड: मित्रवत् प्रतिस्पर्धा विद्यार्थीमा प्रेरणा जगाउनको लागि निकै सहायक हुन्छ । लिडर बोर्ड व्यक्तिगत वा समूहमा आधारित पनि हुनसक्छ ।

✅खोज र चुनौती: विद्यार्थीका असाइनमेन्टलाई रोचक खोज र चुनौतीको रूपमा प्रस्तुत गर्नुपर्छ। जसलाई विद्यार्थीले पूरा गर्नुपर्छ ।  

खेल माध्यमद्वारा शिक्षण गर्नुका फाइदाहरू के हुन सक्छ? 

1. सिकारुको सक्रियता बढ्छ

2. सिकारुमा सिकाइप्रति उत्प्रेरणा जगाउँछ

3. सिकाई उपलब्धि वृद्धि गर्छ

4. समूह सीप समालोचनात्मक सीप विकास गर्छ 


खेल विधिद्वारा शिक्षण गर्न तपाईँ तयार हुनुहुन्छ।

कसरी गर्ने त!

• खेलका तत्त्वहरूलाई सिकाई उपलब्धिसँग जोड्ने

• विद्यार्थीलाई खेल विधिद्वारा शिक्षण गर्न सानो पाठबाट सुरु गर्ने

• खेल विधिद्वारा शिक्षण गर्न सरल साधनको प्रयोग गर्ने । जस्तै चार्ट, स्टिकर

• विद्यार्थीबाट पृष्ठपोषण लिने, जस्तै खेलको के भागले उत्प्रेरित गरिरहेको छ खेलको कुन तत्त्वले उनीहरूलाई बढी मनोरञ्जन दिइरहेको छ ।

ख्याल गर्नुस् शिक्षणमा खेलविधि कुनै जादुको छडी होइन। यो एउटा साधन हो। जसले सिकाइलाई वृद्धि गर्न सहयोग गर्छ। तर यसले असल शिक्षण अभ्यासलाई विस्थापन गर्न हुँदैन ।

खेल विधिलाई गहिराइमा बुझ्न यसका विभिन्न पक्ष समेटेर पाठ्यक्रम निर्माण गरेका छौँ यसलाई हेरेर सकारात्मक सुझाव दिनु हुनेछ भन्ने अपेक्षा गर्दछौँ । 

Click here to download 

Share:

0 comments:

Post a Comment

Search This Blog

Wikipedia

Search results

BTemplates.com

Powered by Blogger.