प्रयोगात्मक/परियोजना कार्य
विज्ञान विषय शिक्षण गर्दा सिकाइ निर्माण गर्न विभिन्न प्रयोगात्मक तथा परियोजना कार्य गर्नु पर्ने हुन्छ । कक्षा ४ देखि १० सम्म विज्ञान शिक्षण गर्न न्यूनतम रूपमा गर्ने भनी केही प्रयोगात्मक तथा परियोजना कार्य पाठ्यक्रममा नै उल्लेख गरिएको छ ।
उक्त प्रयोगात्मक क्रियाकलाप सञ्चालन गर्न ;
- विद्यालयको परिवेश समेटेर शिक्षकले नै क्रियाकलाप डिजाइन गर्नु पर्छ, ।
- साथै अवलोकन वा तथ्याङ्क सङ्कलनको लागि वर्कशीट वा तालिका निर्माण गर्नु पर्छ, ।
- प्रयोगात्मक क्रियाकलाप सञ्चालन गर्दा विद्यार्थीमा विभिन्न वैज्ञानिक प्रक्रियागत सिप साथै वैज्ञानिक अभिवृत्ति विकासमा ध्यान दिनुपर्छ ।
- प्रयोगात्मक तथा परियोजना क्रियाकलाप पश्चात् प्रस्तुति गर्नु पर्छ ।
- प्रयोगात्मक क्रियाकलाप सञ्चालन गरिसकेपछि विद्यार्थीलाई प्रतिवेदन लेख्न लगाउनु पर्छ ।
कक्षा ६ देखी १० सम्म गर्न सकिने प्रयोगात्मक तथा परियोजना कार्यहरू:
अङ्ग्रेजी र नेपाली दुवै माध्यममा डाउनलोड गर्न
तपाई आन्तरिक मुल्यांकनमा रुची राख्नु हुन्छ, विद्यार्थीलाई प्रयोगात्मक क्रियाकलाप मार्फत शिक्षण गर्नु हुन्छ भने विद्यार्थीको लागि सहयोगी प्रयोगात्मक पुस्तिकाको ( कक्षा ६-१०) sample copy
0 comments:
Post a Comment