Explore yourself

Monday, July 8, 2024

वैज्ञानिक प्रतिवेदन लेखन शैली

वैज्ञानिक प्रतिवेदन कसरी लेख्न सिकाउने ?

वैज्ञानिक प्रतिवेदन वैज्ञानिक सिकाइका लागी नभई नहुने तत्त्व हो । कक्षाकोठामा दिने होमवर्क भन्दा यसको फरक महत्त्व छ ।

वैज्ञानिक प्रतिवेदन किन आवश्यक छ ?

वैज्ञानिक सिकाइ अन्तर्गत सञ्चार सिप एउटा महत्त्वपूर्ण सिप हो । प्रतिवेदनले पत्ता लगाइएका तथ्य अरू सामु सञ्चार गर्छ । वैज्ञानिक खोजमा दोहोरोपन हुन् नदिन पनि यसले टेवा पुर्याउछ । आज हामीले जति पनि वैज्ञानिक तथ्य अध्ययन गर्छौ प्रयोग गर्छौ ती सबै विगतमा भएका वैज्ञानिक खोजको परिणाम हो जसलाई वैज्ञानिकले प्रतिवेदन वा पुस्तकको रूपमा प्रकाशन गरेका थिए । सानै देखी बालबालिकामा सञ्चार सिप विकास गर्न र वैज्ञानिक चिन्तन तथा सीप विकास गर्न प्रतिवेदन लेख्न अनिवार्य रूपमा लगाउनु पर्छ । 

१. यसले खोज/अनुसन्धानको विश्वसनीयता कायम गर्छ ।

२. पूर्ववत् वैज्ञानिक प्रतिवेदनले विज्ञानको ज्ञान निर्माणमा टेवा पुर्याउछ ।

३. प्रतिवेदन  खोज अनुसन्धानको प्रमाणिक अभिलेख हो । जसले भविष्यमा हुने नयाँ खोज अनुसन्धानलाई आधारको काम गर्छ ।

विज्ञानका विषयवस्तु शिक्षण गर्ने क्रममा बालबालिकामा वैज्ञानिक चेतना विकास गर्न प्रयोगात्मक वा परियोजना कार्य गरिसकेपछि प्रतिवेदन लेख्न लगाउनु पर्छ । यसले वैज्ञानिक सिप अन्तर्गत सञ्चार सीपलाई पुष्ट गर्दै जान्छ ।

विज्ञान शिक्षकमा प्रयोगात्मक क्रियाकलाप र प्रतिवेदनलाई एकै रूपमा बुझ्ने गरेको पाइन्छ । 

प्रयोगात्मक क्रियाकलाप र प्रयोगात्मक प्रतिवेदन बिच फरक;

१. प्रयोगात्मक क्रियाकलाप प्रयोग गर्नु भन्दा अघिको भाग हो जसले हाम्रो प्रयोगलाई निर्देशित गर्छ । भने प्रतिवेदन प्रयोग गरिसकेपछि गरिएको कामको अभिलेखीकरण हो ।

२. क्रियाकलापले अवलोकन, मापन र तथ्यलाई रेकर्ड लिन सघाउँछ भने प्रतिवेदनले तथ्य, विश्लेषण र निष्कर्षलाई प्रस्तुत गर्छ ।

३. क्रियाकलापले वैज्ञानिक सिप हासिल गर्न सघाउँछ, भने प्रतिवेदनले हाँसिल गरेको ज्ञानलाई सञ्चार गर्न सघाउँछ ।

वैज्ञानिक प्रतिवेदन लेख्ने तरिका डाउनलोड गर्नुहोस् ।





Share:

0 comments:

Post a Comment

Search This Blog

Wikipedia

Search results

BTemplates.com

Powered by Blogger.