Explore yourself

Thursday, October 21, 2021

विद्यालयको कक्षाकोठा देशको ऐना (बाल कक्षा)

 विद्यालयको कक्षाकोठा देशको ऐना

परिचय

के तपाईंका छोराछोरी सरकारी विद्यालयमा पढ्छन् ? के तपाई सरकारी विद्यालयको उत्पादन हो ? तपाई किन आफ्नो छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन रुचाउनुहुन्न ? तपाईंलाई के लाग्छ नेपालका सरकारी विद्यालयले गुणस्तरीय शिक्षा दिइरहेका छन् । आउनुस आज देशका 80 प्रतिशत जनताको छोराछोरी पढ्ने विद्यालयका कक्षाकोठा चिरफार गरी हेरौं । हामी कहाँ चुकेका छौं देश बनाउन । हाम्रो यस विश्लेषणले केही निजी विद्यालयको पनि प्रष्ट ऐना देखिन्छ । 

एउटा विद्यालय जसले देशको लागि नेता, शिक्षक, कर्मचारी, सेना पुलिस, पाइलट, डाक्टर, इन्जिनियर, ठेकेदार, उद्योगी व्यापारी व्यवसायिक लगायत सबै खालका नागरिक तयार गर्छ हेरौ हाम्रो देशमा जनशक्ति कसरी तयार हुँदैछन् कस्ता व्यक्ति उत्पादन हुँदैछन् । 

अबको १० १५ वर्षमा हाम्रो देश कस्तो बन्दैछ भन्ने कुरा बुझ्न आउनुस् विद्यालयको कक्षाकोठा मूल्यांकन गरि हेरौं । विद्यालयमा कस्तो नागरिक तयार गरिँदैछ । कक्षा कोठालाई देशको एउटा ऐना वा प्रोजेक्टरको रुपमा लिन सकिन्छ । 

एउटा कक्षाकोठा सँग धेरै कुरा जोडिएका हुन्छन् । 

विद्यार्थी का इच्छा चाहना सपना

शिक्षक र शिक्षण विधि

राज्यको नीति

राज्यको लगानी

राज्यको जिम्मेवारी

पाठ्यक्रम र पाठ्यपुस्तक

राष्ट्रको भविष्य

समग्र शिक्षा प्रणाली


हामी इसिडी वा पूर्व विद्यालयका कक्षाकोठा अध्ययन गरी हेर्छौं । राष्ट्रको शिक्षाको जगलाई विश्लेषण गरी हेर्छौं ।

मनोवैज्ञानिक यसो भन्छन्, बालबालिकाको मस्तिष्कको 90% विकास 5 वर्षको उमेरमा लगभग सकिन्छ । बाँकी 10 प्रतिशत मस्तिष्कको विकास भने जीवनभर चलिरहन्छ। यिनै सुनौला पाँच वर्षमा बालबालिकाको भविष्यको जग तयार गरिन्छ । अनि हाम्रा नेपालका विद्यालयहरुमा बाल विकास/ ECD/ मन्टेश्वरी/ Nursery /kindergarden वा जे जे भनौं यही पाँच वर्षको उमेर भित्रका बालबालिका लाई सिकाउने केन्द्र हुन । यस तहकाे मुख्य उद्देश्य भनेको बालबालिकाको चौतर्फी विकास गर्नु र विद्यालयको लागि उनीहरुलाई तयार गर्नु हो । 

पियाजेका अनुसार दुई वर्षदेखि सात वर्षसम्म उमेरलाई पूर्व क्रियात्मक अवस्था भनिन्छ जसमा बालबालिकाको भाषाको विकास हुने,  आत्मकेन्द्रित हुने, खेलौनाको उमेर र संरक्षण सिद्धान्त विकास हुने उमेर हो । यो उमेरमा बालबालिकामा जिज्ञासा, सृजनशीलता,  तीब्र इच्छा,  उदारता, अन्तर्दृष्टि, आत्मनिर्भरता, भाषा र व्यवहार जस्ता गुण आदिको विकास गरिन्छ । 

तपाईंलाई के लाग्छ यो उमेरका बालबालिकालाई पढाउन शिक्षकको योग्यता कम्तीमा कति र कस्तो हुनुपर्छ होला? जसले बाल मनोविज्ञानलाई बुझेर उसको क्षमता प्रस्फुटन गर्न सकोस् । तपाईलाई हाँसो हुनसक्छ, नेपाल सरकारले ECD तहलाई अध्यापन गर्नको लागि न्यूनतम योग्यता एसएलसी लाई तोकेको छ जबकि योभन्दा पहिले कक्षा 8 पास भए पुग्थ्यो । तपाईलाई यो न्यूनतम योग्यता कस्तो लाग्यो ? 

हालसम्म देशमा ठूलो संख्यामा ECD शिक्षक अझै पनि एसएलसी वा सो भन्दा तल्लो योग्यता भएको शिक्षिका हुनुहुन्छ । ECD का गुरुआमाहरुले आफ्नो बलबुताले भ्याएसम्म मेहेनत गरिरहनुभएको छ र बच्चाको लजिकल मस्तिष्क अर्थात अङ्क र अक्षरमा साक्षर बनाउन खुब तालिम दिइरहनुभएको छ । बच्चाको सर्वाङ्गीण विकास यही नेर छुट्यो । बालबालिकाको शारीरिक विकास, संवेगात्मक विकास आदि ।  माथिल्लो कक्षाको लागि तयारी त राम्रै भयो तर ... ।

तथापि अपवादका रूपमा केही विद्यालयका कुशल प्रशासकहरू जसले बाल विकास तहमा राम्रो समन्वय गरी रहनु भएको छ । 

तपाई यदि सरकारी विद्यालयमा ECD teacher बन्नुभयो भने तपाईंले मासिक तलब कति पाउनुहुन्छ ? तपाईलाई पत्यार नलाग्न सक्छ तपाइको तलव जम्मा मासिक सात हजार रुपैयाँ मात्र हुन्छ त्यो पनि सरकारी तलब जबकि त्यही विद्यालयको कार्यालय सहायक भन्दा पनि कम । 

अझ भन्नुपर्दा एउटा सरकारी कार्यालयको पिउनको तलब पनि मासिक बीस बाइस हजार देखि माथि हुन्छ । अब हेरौ नेपाल सरकारले दिएको तलबको बाल शिक्षकमा प्रभाव कस्तो छ । 

यो न्यून तलब को कारण र विभेदका कारण शिक्षिकाहरु कति प्रताडित हुन्छ तपाई आफै अनुभव गर्नुहोस् । उहाँहरुको जागिर खानका लागि मात्र जागिर खाइ रहनुभएको छ । राज्यको यो विभेदकारी र तल्लो दर्जाको व्यवहारले बाल शिक्षिकाहरु मनमा कुण्ठा लिएर काम गरिरहनुभएको छ ।

उहाँ भन्दा माथिल्लो तहमा कार्यरत शिक्षक हुनुहुन्छ,प्रशासक हुनुहुन्छ, जो आफूलाई उपल्लो तहको मान्नु हुन्छ उहाँहरुको बाल शिक्षिकालाई हेर्ने, ब्यबहार गर्ने दृष्टिकोण अलग छ ।  

अव मूल्यांकन गरौं हाम्रो ती कलिला बाबुनानिमा बाल शिक्षिकाको प्रभाव कस्तो परेको होला । त्यो बालमस्तिष्कमा निराशा र कुण्ठा अभावको नजानिँदो ढंगले हस्तान्तरण भइरहेछ । हाम्रा बालबालिकामा अभावको मनोभाव विकास हुँदैछ । संवेगात्मक रुपमा पनि हाम्रा बाबूनानीलाई कमजोर बनाइँदैछ । किन? तपाईलाई लाग्न सक्छ यस्तो पनि हुन्छ र । अवश्य हुन्छ किनकि बालबालिकामा बोलीबाट भन्दा बढी शिक्षकको हाउभाउ र संबेगबाट यी सबै कुरा हस्तान्तरण हुँदै छन् । जबसम्म हाम्रा बाल शिक्षिकाहरु लाई राज्यले प्रफुल्ल मुद्रामा पढाउने वातावरण बनाउँदैन  यो समस्या जस्ताको तस्तै रहन्छ । 

शैक्षिक सामग्रीको अवस्था

अर्को दुर्दशा भनौ या के भनौ, हाम्रा विद्यालयका इसिडि कक्षाहरु न प्रर्याप्त शैक्षिक सामग्री छन् न पर्याप्त खेलकुद सामग्री न उपयुक्त कक्षाकोठा रङरोगन, न प्रयाप्त खेल्ने ठाउँ, न त बालमैत्री कक्षाकोठा, सरकारले निर्धारण गरेका न्यूनतम मापदण्ड पुरा गरेका कक्षाकोठा अत्यन्त कम छन । कतिपय शिक्षक संग त शैक्षिक सामग्री निर्माण गर्ने सीप छैन् ।  डिजिटल प्रविधि प्रयोग भएका कक्षाकोठाको त कुरै नगरौं ।  राज्यको नागरिक तयार गर्ने जगमा राज्यको आँखा किन पुग्न सकिरहेको छैन ।  बाल-कक्षा कक्षाकोठालाई राज्यले उपयुक्त लगानी गरेर कम्तीमा आधारभूत कुराहरु पनि पुर्याउन नसकेपछि बालबालिकाको चौतर्फी विकास कसरी हुन्छ । यसरी राज्यले बालबालिकाको सर्वाङ्गीण विकास गर्ने फुस्रो राष्ट्रिय उद्देश्य लिएर मात्र हुन्छ त । न गुणस्तरिय शिक्षक दिन सकेको छ, न भएका शिक्षकलाई गुणस्तरिय तालिम, न शिक्षकलाई सन्तुष्टि दिन नै ।  किन यसरी बालबालिकालाई शिक्षा दिने नाममा मानसिकरुपमै विकलाङ्ग बनाएर तयार गरिँदैछ । गरीब र मध्यम वर्गीय जनताको  किन घाँटी थिचिदैछ । 

निजी विद्यालयका पूर्व विद्यालयका कक्षाकोठामा हेर्ने हो भने बच्चाको गानो जानेगरी किताब बोकाएर बाल मष्तिष्कलाई जवरजस्ती प्रेसर दिँदै अङ्क र अक्षर साक्षरतामा केन्द्रित गरिएकाे छ, खेल्ने भन्ने कुरा त बच्चाले न विद्यालयमा पाउँछ  गृहकार्यको डरले न घरमा पाउँछ । सृजनशीलता काे कुरा छोडौ ।   जबर्जस्ती उच्च अंकको नतिजा ल्याउनु परेको छ । अरु चौतर्फी विकासका कुरा त अझ छोडौ ।

अब रह्यो पोषणको कुरा ! 

शरीरलाई आवश्यक न्यूनतम पोषण के के हो ? तपाई हामी कतिलाई यस बारे ज्ञान छ । बालबालिकाको चौतर्फी विकासको लागि शारीरिक पोषण सँगै मस्तिष्कका लागि पनि  पोषण निकै जरुरी हुन्छ । हामी राष्ट्रमा कस्ता नागरिक चाहन्छौं यो कुरामा पोषणको पनि उत्तिकै भूमिका हुन्छ जति शिक्षाको ।  विद्यालयमा दिवा खाजाको रूपमा दिइने खाजा होस् या घरमा खुलाइने खाना त्यो खानामा वच्चालाई आवश्यक  सम्पूर्ण पोषण उपर्युक्त मात्रामा छ कि छैन । बच्चालाई शारीरिक र मानसिक रूपमा कुपोषित बनाएर अपेक्षा धेरै गर्न सकिँदैन । यसको सुरुवात विद्यालयका कक्षाकोठा ले गर्नु पर्छ । जुन हाम्रा कक्षामा देखिँदैन । 

अब रह्यो शिक्षक तालिमको कुरा ।

तालिमका लागि तालिम, भत्ताका लागि तालिम, नाम मात्रका औपचारिक तालिमले के हाम्रा कक्षाकोठामा केही परिवर्तन ल्याएका छन् त  । किन यस्ता तल्ला दर्जाका तालिम दिएर शिक्षकलाई बेबकुफ बनाइन्छ । यस्तो तालिमबाट हाम्रा कलिला मुना माथि भएको अत्याचारको जिम्मा कसले लिने ।

एउटा ECD कक्षा नै प्रयाप्त छ देशको भविष्यको मूल्यांकन गर्न ।

बाकी दोश्रो खण्डमा ......








Share:

Search This Blog

Wikipedia

Search results

BTemplates.com

Powered by Blogger.