Explore yourself

Friday, August 23, 2024

Gamifiction in Classroom

 JEOPARDY

Introduction

Jeopardy is a game show-style quiz where contestants answer questions in a specific format. The game is typically played in rounds, with each round featuring different categories and point values. Contestants choose a category and point value and then answer a question related to that topic. If they answer correctly, they earn the points.

Advantages of Jeopardy game

  • Learning and Knowledge
  • Critical Thinking
  • Fun and Engagement
  • Competition and Excitement
  • Improved Memory
  • Increased Vocabulary
  • Social Interaction
  • Stress Relief
  • Educational Value
  • How to play

    Step 1: Prepare the Game Board

    • Categories and Questions: Create a game board with categories, each containing five questions of increasing difficulty and point value (e.g., 100, 200, 300, 400, 500 points).
    • Digital or Physical Board: You can use a digital presentation (e.g., PowerPoint, Google Slides) or a physical board with cards.

    Step 2: Divide the Class into Teams

    • Team Formation: Split the class into 2-4 teams, depending on the size of the class.
    • Team Names: Allow teams to choose fun names to build camaraderie.

    Step 3: Explain the Rules

    • Overview: Explain that the game is played by selecting questions from a board and answering them for points.
    • Turn Order: Establish how teams will take turns. Typically, teams take turns choosing a category and point value.
    • Answer Format: Remind teams that answers should be given as statements, not questions (e.g., "The answer is the cell").

    Step 4: Start the Game

    • Choosing Questions: The first team selects a category and a point value (e.g., “Epithelial Tissue for 300”).
    • Reveal the Question: The host (you) reads the question aloud.
    • Answering: The team that chose the question answers first. If they answer correctly, they earn the points and select the next question. If they answer incorrectly, other teams have a chance to answer.

    Step 5: Scorekeeping

    • Correct Answers: Award the team the point value of the question if they answer correctly.
    • Incorrect Answers: Deduct points if you're playing with penalties, or allow other teams to answer.
    • Daily Double: If a team selects a Daily Double, they can wager any amount of their points and answer the question for that wagered amount.

    Step 6: Final Jeopardy

    • Reaching Final Jeopardy: After all the questions are answered, move on to Final Jeopardy.
    • Wagering: Teams can wager any portion of their total points based on the category announced by the host.
    • Answering: Teams write down their answers after the question is revealed. Once time is up, teams reveal their answers.
    • Adjust Scores: Adjust scores based on the wagers and correct/incorrect answers.

    Step 7: Declare the Winner

    • Highest Score Wins: The team with the highest score at the end of Final Jeopardy wins the game.
    • Tie-Breaker: In case of a tie, ask an additional tie-breaker question to determine the winner.

    Tips for a Successful Game

    • Time Management: Keep the game moving by setting time limits for answering.
    • Engagement: Encourage all teams to participate, even without selecting questions.

    Fun and Learning: Ensure the game remains fun, but also educational, reinforcing the concepts being taught

    Click here to download the game

    Grade 9 Science Jeopardy game (Body Structure and life process)

    Share:

    Wednesday, July 17, 2024

    शुद्ध नेपाली लेख्न अब चिन्ता छैन

    नेपालीमा लेख्नुहुन्छ तर शुद्ध लेख्न आउदैन । अब चिन्ता लिनु पर्दैन ।




    के तपाइलाई नेपालीमा शुद्ध लेख्न गाह्रो भइरहेको छ ? अथवा नेपाली शुद्ध लेख्न आउँदैन

    अब चिन्ता लिनु पनि पर्दैन। 

    कुनै विज्ञ सँग धाइरहनु पर्दैन ।

    यसको लागि तपाइलाई व्याकरणको कुनै नियम कण्ठ गर्न आवश्यक छैन । मात्र युनिकोडमा लेख्न जाने पुग्छ ।

    नेपाली लेख्दा हुने केही त्रुटिहरू यस प्रकार छन्;

    ✅ह्रस्व र दीर्घमा
    ✅हलन्त र अजन्त
    ✅शिरविन्दु र चन्द्रविन्दु
    ✅केही वर्णहरू जस्तै ब र व, स, ष र स, छ र क्ष, न र ण,
    ✅रेफ आदिमा ।

    नेपाली लेख्दा हुने त्रुटि कम गर्न हामीले केही वेबसाइट सुझाव गर्नेछौ जसले तपाइको कामलाई सजिलो बनाउने छ ।

    नेपाली शुद्धाशुद्धिको लागि केही सर्तहरू 

    १. तपाइले लेखेको अक्षर युनिकोडमा हुनु पर्नेछ ।

    २. यसले पनि कतिपय ठाउँमा गल्ती गर्न सक्छ यसको उत्तरमा पूर्ण रूपमा भर पर्नु भने हुँदैन  जस्तै; यसले अक्षर सँगै जोडिएर लेखिएका अक्षरलाई, अङ्ग्रेजी भाषाका तर नेपालीमा लेखिने शब्दलाई गल्ती देखाउन सक्छ । 

    कसरी गर्ने त ?

    • युनिकोडमा टाइप गरिएको अक्षरहरू कपि गर्नुहोस् । यदि युनिकोडमा टाइप छैन भने युनिकोडमा रूपान्तर गर्नुहोस् । 
    • तल दिइएको मध्य कुनै एक आफूलाई मन पर्ने वेबसाइट खोल्नुहोस् ।
    • login/signup आवश्यक भए गर्नुहोस् ।
    • कपि गरिएकोलाई पेस्ट गर्नुहोस् ।
    • गल्ती पहिचान गर्नुहोस् र आवश्यक सुझाव प्रयोग गरी सच्याउनुहोस् ।
    • युनिकोडमा रूपान्तरको लागि यहाँ क्लिक गर्नुहोस्  । 

    नेपाली शुद्धीकरणको लागी लिङ्क क्लिक गर्नुहोस्।

    पहिलो वेबसाइट 

    दोस्रो वेबसाइट 

     

    Share:

    Tuesday, July 16, 2024

    प्रयोगात्मक/परियोजना कार्य

    प्रयोगात्मक/परियोजना कार्य 


    विज्ञान विषय शिक्षण गर्दा सिकाइ निर्माण गर्न विभिन्न प्रयोगात्मक तथा परियोजना कार्य गर्नु पर्ने हुन्छ । कक्षा ४ देखि १० सम्म विज्ञान शिक्षण गर्न न्यूनतम रूपमा गर्ने भनी केही प्रयोगात्मक तथा परियोजना कार्य पाठ्यक्रममा नै उल्लेख गरिएको छ । 

    उक्त प्रयोगात्मक क्रियाकलाप सञ्चालन गर्न ; 

    1. विद्यालयको परिवेश समेटेर शिक्षकले नै क्रियाकलाप डिजाइन गर्नु पर्छ, ।
    2. साथै अवलोकन वा तथ्याङ्क सङ्कलनको लागि वर्कशीट वा तालिका निर्माण गर्नु पर्छ, ।
    3. प्रयोगात्मक क्रियाकलाप सञ्चालन गर्दा विद्यार्थीमा विभिन्न वैज्ञानिक प्रक्रियागत सिप साथै वैज्ञानिक अभिवृत्ति विकासमा ध्यान दिनुपर्छ ।
    4. प्रयोगात्मक तथा परियोजना क्रियाकलाप पश्चात् प्रस्तुति गर्नु पर्छ ।
    5. प्रयोगात्मक क्रियाकलाप सञ्चालन गरिसकेपछि विद्यार्थीलाई प्रतिवेदन लेख्न लगाउनु पर्छ ।

    कक्षा ६ देखी १० सम्म गर्न सकिने प्रयोगात्मक तथा परियोजना कार्यहरू:

    अङ्ग्रेजी र नेपाली दुवै माध्यममा डाउनलोड गर्न 

    यहाँ क्लीक गर्नुहोस् 

    तपाई आन्तरिक मुल्यांकनमा रुची राख्नु हुन्छ, विद्यार्थीलाई प्रयोगात्मक क्रियाकलाप मार्फत शिक्षण गर्नु हुन्छ भने विद्यार्थीको  लागि सहयोगी प्रयोगात्मक पुस्तिकाको  ( कक्षा ६-१०) sample copy

    click here to download


    Share:

    Thursday, July 11, 2024

    Gamification in learning

    खेलले कसरी सिकाइ वृद्धि गर्छ ?

    विद्यार्थीलाई खेल मनपर्छ। विद्यार्थीलाई सिकाइप्रतिको रुचि जगाउन र सिकाइ सक्रियता बढाउन सिकाई पनि मन पर्नु  पर्छ । पढाइ/सिकाइ पनि मन पर्ने खालको बनाउन खेल मार्फत शिक्षण गर्न सकिन्छ । 

    गेमिफिकेसन जुन खेलका तत्त्वहरूलाई गैरखेलका कामहरूमा प्रयोग गर्नुलाई भनिन्छ। जस्तै शिक्षण सिकाइमा । शिक्षण सिकाइलाई रोचक र अन्तरक्रियात्मक बनाउन गेमका विभिन्न तत्त्वहरू शिक्षण सिकाइमा प्रयोग गर्नुलाई बुझ्नुपर्छ। 

    खेलका तत्त्वहरू: 

    ✅अङ्क र ब्याज: विद्यार्थीले काम सम्पन्न गरेबापत र कुनै धारणा निर्माण गरेबापत अङ्क प्राप्त गर्छन्। ब्याज चाहिँ विशेष उपलब्धिको लागि प्रदान गर्नुपर्छ।

    ✅लेभल र प्रगति स्तम्भ: सिकाइलाई यात्राको रूपमा लिनुपर्छ जसमा विभिन्न तहहरू जसलाई पूरा गर्दै नयाँ तह खोल्दै जानुपर्छ । विद्यार्थीले आफ्नो प्रगति देख्न पाउँदा उनीहरू उत्प्रेरित हुन्छन् ।

    ✅लिडर बोर्ड: मित्रवत् प्रतिस्पर्धा विद्यार्थीमा प्रेरणा जगाउनको लागि निकै सहायक हुन्छ । लिडर बोर्ड व्यक्तिगत वा समूहमा आधारित पनि हुनसक्छ ।

    ✅खोज र चुनौती: विद्यार्थीका असाइनमेन्टलाई रोचक खोज र चुनौतीको रूपमा प्रस्तुत गर्नुपर्छ। जसलाई विद्यार्थीले पूरा गर्नुपर्छ ।  

    खेल माध्यमद्वारा शिक्षण गर्नुका फाइदाहरू के हुन सक्छ? 

    1. सिकारुको सक्रियता बढ्छ

    2. सिकारुमा सिकाइप्रति उत्प्रेरणा जगाउँछ

    3. सिकाई उपलब्धि वृद्धि गर्छ

    4. समूह सीप समालोचनात्मक सीप विकास गर्छ 


    खेल विधिद्वारा शिक्षण गर्न तपाईँ तयार हुनुहुन्छ।

    कसरी गर्ने त!

    • खेलका तत्त्वहरूलाई सिकाई उपलब्धिसँग जोड्ने

    • विद्यार्थीलाई खेल विधिद्वारा शिक्षण गर्न सानो पाठबाट सुरु गर्ने

    • खेल विधिद्वारा शिक्षण गर्न सरल साधनको प्रयोग गर्ने । जस्तै चार्ट, स्टिकर

    • विद्यार्थीबाट पृष्ठपोषण लिने, जस्तै खेलको के भागले उत्प्रेरित गरिरहेको छ खेलको कुन तत्त्वले उनीहरूलाई बढी मनोरञ्जन दिइरहेको छ ।

    ख्याल गर्नुस् शिक्षणमा खेलविधि कुनै जादुको छडी होइन। यो एउटा साधन हो। जसले सिकाइलाई वृद्धि गर्न सहयोग गर्छ। तर यसले असल शिक्षण अभ्यासलाई विस्थापन गर्न हुँदैन ।

    खेल विधिलाई गहिराइमा बुझ्न यसका विभिन्न पक्ष समेटेर पाठ्यक्रम निर्माण गरेका छौँ यसलाई हेरेर सकारात्मक सुझाव दिनु हुनेछ भन्ने अपेक्षा गर्दछौँ । 

    Click here to download 

    Share:

    Monday, July 8, 2024

    वैज्ञानिक प्रतिवेदन लेखन शैली

    वैज्ञानिक प्रतिवेदन कसरी लेख्न सिकाउने ?

    वैज्ञानिक प्रतिवेदन वैज्ञानिक सिकाइका लागी नभई नहुने तत्त्व हो । कक्षाकोठामा दिने होमवर्क भन्दा यसको फरक महत्त्व छ ।

    वैज्ञानिक प्रतिवेदन किन आवश्यक छ ?

    वैज्ञानिक सिकाइ अन्तर्गत सञ्चार सिप एउटा महत्त्वपूर्ण सिप हो । प्रतिवेदनले पत्ता लगाइएका तथ्य अरू सामु सञ्चार गर्छ । वैज्ञानिक खोजमा दोहोरोपन हुन् नदिन पनि यसले टेवा पुर्याउछ । आज हामीले जति पनि वैज्ञानिक तथ्य अध्ययन गर्छौ प्रयोग गर्छौ ती सबै विगतमा भएका वैज्ञानिक खोजको परिणाम हो जसलाई वैज्ञानिकले प्रतिवेदन वा पुस्तकको रूपमा प्रकाशन गरेका थिए । सानै देखी बालबालिकामा सञ्चार सिप विकास गर्न र वैज्ञानिक चिन्तन तथा सीप विकास गर्न प्रतिवेदन लेख्न अनिवार्य रूपमा लगाउनु पर्छ । 

    १. यसले खोज/अनुसन्धानको विश्वसनीयता कायम गर्छ ।

    २. पूर्ववत् वैज्ञानिक प्रतिवेदनले विज्ञानको ज्ञान निर्माणमा टेवा पुर्याउछ ।

    ३. प्रतिवेदन  खोज अनुसन्धानको प्रमाणिक अभिलेख हो । जसले भविष्यमा हुने नयाँ खोज अनुसन्धानलाई आधारको काम गर्छ ।

    विज्ञानका विषयवस्तु शिक्षण गर्ने क्रममा बालबालिकामा वैज्ञानिक चेतना विकास गर्न प्रयोगात्मक वा परियोजना कार्य गरिसकेपछि प्रतिवेदन लेख्न लगाउनु पर्छ । यसले वैज्ञानिक सिप अन्तर्गत सञ्चार सीपलाई पुष्ट गर्दै जान्छ ।

    विज्ञान शिक्षकमा प्रयोगात्मक क्रियाकलाप र प्रतिवेदनलाई एकै रूपमा बुझ्ने गरेको पाइन्छ । 

    प्रयोगात्मक क्रियाकलाप र प्रयोगात्मक प्रतिवेदन बिच फरक;

    १. प्रयोगात्मक क्रियाकलाप प्रयोग गर्नु भन्दा अघिको भाग हो जसले हाम्रो प्रयोगलाई निर्देशित गर्छ । भने प्रतिवेदन प्रयोग गरिसकेपछि गरिएको कामको अभिलेखीकरण हो ।

    २. क्रियाकलापले अवलोकन, मापन र तथ्यलाई रेकर्ड लिन सघाउँछ भने प्रतिवेदनले तथ्य, विश्लेषण र निष्कर्षलाई प्रस्तुत गर्छ ।

    ३. क्रियाकलापले वैज्ञानिक सिप हासिल गर्न सघाउँछ, भने प्रतिवेदनले हाँसिल गरेको ज्ञानलाई सञ्चार गर्न सघाउँछ ।

    वैज्ञानिक प्रतिवेदन लेख्ने तरिका डाउनलोड गर्नुहोस् ।





    Share:

    Search This Blog

    Wikipedia

    Search results

    BTemplates.com

    Powered by Blogger.