स्थानीय सरकार संचालन ऐन ( शिक्षा सम्बन्धी )
ज. आधारभूत र माध्यमिक शिक्षा
(१) प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभूत शिक्षा, अभिभावक
शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा
वैकल्पिक निरन्तर सिकाइ, सामुदायिक सिकाइ र विशेष शिक्षा
सम्बन्धी नीति, कानुन, मापदण्ड,
योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमन,
(२) सामुदायिक, संस्थागत, गुठी र सहकारी विद्यालय स्थापना, अनुमति, सञ्चालन, व्यवस्थापन
तथा नियमन,
(३) प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति,
अनुगमन, मूल्याङ्कन र नियमन,
(४) मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमन,
(५) गाभिएका वा बन्द गरिएका विद्यालयहरूको सम्पत्ति
व्यवस्थापन,
(६) गाउँ तथा नगर शिक्षा समिति गठन तथा व्यवस्थापन,
(७) विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन,
(८) विद्यालयको नामाकरण,
(९) सामुदायिक विद्यालयको जग्गाको स्वामित्व, सम्पत्तिको अभिलेख, संरक्षण
र व्यवस्थापन,
(१०) विद्यालयको गुणस्तर अभिवृद्धि तथा पाठ्यसामग्रीको
वितरण,
(११) सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी
मिलान,
(१२) विद्यालयको नक्साङ्कन,
अनुमति, स्वीकृति, समायोजन
तथा नियमन,
(१३) सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार निर्माण, मर्मत सम्भार, सञ्चालन
र व्यवस्थापन,
(१४) आधारभूत तहको परीक्षा सञ्चालन, अनुगमन तथा व्यवस्थापन,
(१५) विद्यार्थी सिकाई उपलब्धिको परीक्षण र व्यवस्थापन,
(१६) निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन,
(१७) ट्युसन, कोचिङ जस्ता विद्यालय बाहिर हुने अध्यापन सेवाको अनुमति तथा नियमन,
(१८) स्थानीय स्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण,
(१९) स्थानीय पुस्तकालय र वाचनालयको सञ्चालन तथा व्यवस्थापन,
(२०) माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन,
(२१) सामुदायिक विद्यालयलाई दिने अनुदान तथा सोको बजेट
व्यवस्थापन, विद्यालयको आय व्ययको
लेखा अनुशासन कायम, अनुगमन र नियमन,
(२२) शिक्षण सिकाइ, शिक्षक र कर्मचारीको तालिम तथा क्षमता विकास,
(२३) अतिरिक्त शैक्षिक क्रियाकलापको सञ्चालन।
वडा समितिको कार्य
क) विकास सम्बन्धी कार्य
१.
बाल उद्यानको व्यवस्था गर्ने
२.
अनौपचारिक शिक्षा कार्यक्रम, शिशु स्याहार तथा
प्रारम्भिक बालविकास केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने
३.
पुस्तकालय वाचनालय सामुदायिक सिकाई
केन्द्र बालक्लब तथा बालसञ्जालको सञ्चालन र व्यवस्थापन गर्ने
४.
स्थानीय समुदायका चाडपर्व भाषा संस्कृतिको विकासका लागि कला नाटक
जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम गर्ने गराउने
५.
स्थानीय मौलिकता झल्किने सांस्कृतिक रीतिरिवाजलाई संरक्षण तथा
संवर्द्धन गर्ने।
६.
वडाभित्र खेलकुद पूर्वाधारको विकास गर्ने
७.
अन्तर विद्यालय तथा क्लबमार्फत खेलकुद कार्यक्रमको सञ्चालन गर्ने
गराउने
८.
वडालाई बालमैत्री बनाउने
९.
वडाभित्र आर्थिक तथा सामाजिक रूपमा पछि परेका महिला बालबालिका दलित
अपाङ्गता भएका व्यक्ति ज्येष्ठ नागरिक अल्पसङ्ख्यक सीमान्तकृत समुदायको अभिलेख
राखी सामाजिक र आर्थिक उत्थान सम्बन्धी काम गर्ने ।
ख) सिफारिससम्बन्धी कार्य
१.
आधारभूत विद्यालय खोल्न सिफारिस गर्ने
२. विद्यालयको कक्षा थप गर्न सिफारिस गर्ने
३. विद्यालय ठाउँ सारी गर्न सिफारिस गर्ने
0 comments:
Post a Comment