पृथ्वीका सात महादेशहरू:
१. एसिया महादेश (Asia
Continent):
- विश्वको सबैभन्दा ठूलो महादेश।
- ५० भन्दा बढी देशहरू रहेका छन्।
- अधिकांश भू-भाग उत्तरी गोलार्धमा अवस्थित।
- १० डिग्री दक्षिणी अक्षांशदेखि ७८ डिग्री उत्तरी
अक्षांश र २५ डिग्री पूर्वी देशान्तरदेखि १८० डिग्री पूर्वी देशान्तर पार गरी
१७० डिग्री पश्चिमी देशान्तरसम्म फैलिएको।
- उत्तर-दक्षिण चौडाइ सरदर ८६०० कि.मि. र पूर्व-पश्चिम
लम्बाइ ९६०० कि.मि. छ।
- क्षेत्रफल: ४,३९,९९,००० वर्ग कि.मि.
- जनसंख्या: ४ अर्ब ६९ करोड (विश्वको कुल जनसङ्ख्याको
करिब ५९.४० प्रतिशत)।
- विश्वको लगभग २९.४ प्रतिशत भू-भाग ओगटेको छ।
- विश्वकै सर्वाधिक अग्लो चुचुरो सगरमाथा, विश्वकै फराकिलो पठार तिब्बतको पठार,
विश्वकै सबैभन्दा अग्लो पठार पामिर, विश्वकै
गहिरो ताल वैकाल ताल, विश्वकै सबैभन्दा ठूलो ताल
क्यास्पियन सागर, विश्वकै सर्वोच्च स्थानमा रहेको ताल
तिलिचो ताल अवस्थित।
- विश्वकै सबैभन्दा चिसो ठाउँ बरखोयान्स्क, विश्वकै सबैभन्दा बढी पानी पर्ने ठाउँ
चेरापुंजी (असाम, भारत) अवस्थित।
- एसिया महादेशलाई विषमताको महादेश (Continent of Extreme) वा विविधताको
महादेश (Continental of Diversities) का नामले चिनिन्छ।
- यस महादेशको सबैभन्दा गहिरो भाग मृत सागर हो। यो स्थान
समुद्री सतहभन्दा ४२२ मिटर गहिरो छ।
- क्षेत्रफल र जनसंख्याका आधारमा सबैभन्दा ठूलो देश चीन
हो भने क्षेत्रफलका आधारमा सबैभन्दा सानो देश माल्दिभ्स हो।
- यस महादेशको सबैभन्दा बढी टापु भएको देश इन्डोनेसिया
हो।
- यस महादेशमा सबैभन्दा बढी चिया उत्पादन गर्ने देश भारत
हो भने भारतमा अन्य देशमा भन्दा बढी हुलाक घर (Post office) समेत रहेका छन् ।
- यस महादेशलाई Home
of Man पनि भनिन्छ।
- युराल पर्वतले एसिया र युरोप महादेशलाई छुट्याएको छ।
२. अफ्रिका महादेश (Africa
Continent):
- विश्वको दोस्रो ठूलो महादेश।
- सबैभन्दा बढी देश (५४ वटा) भएको महादेश।
- भूमध्य रेखाले झण्डै बीचमा काटेकोले उत्तरी र दक्षिणी
गोलार्धमा फैलिएको छ।
- उत्तर-दक्षिण लम्बाइ ८००० कि.मि. र उत्तरपट्टिको
फराकिलो ठाउँमा पूर्व-पश्चिम चौडाइ सरदर ७४४० कि.मि. छ।
- क्षेत्रफल: २,९७,८५,००० वर्ग कि.मि.
- जनसंख्या: १ अर्ब ३९ करोड (करिब १७.६० प्रतिशत)।
- विश्वका प्रायः सबै युगको प्राचीनतम् एवम् नवीनतम्
संस्कृतिहरू पाइन्छन्।
- 'कालो/अँध्यारो महादेश' उपनामले चिनिन्छ।
- एटलस तथा डेकन्सवर्ग प्रमुख पर्वत हुन् भने
किलिमन्जारो सर्वोच्च शिखर एवम् ज्वालामुखी पर्वत (समुद्र सतहबाट ५८९५ मि.)
हो।
- विश्वको सबैभन्दा ठूलो सहारा मरुभूमि अवस्थित।
- ३७ डिग्री उत्तरी अक्षांशदेखि ३५ डिग्री दक्षिणी
अक्षांश र २० डिग्री पश्चिमी देशान्तरदेखि ५० डिग्री पूर्वी देशान्तरसम्म
फैलिएको छ।
- अफ्रिका महादेशको सबैभन्दा चिसो हावापानी पाइने देश
मोरक्को हो।
- विश्वकै सबैभन्दा लामो नदी नाइल, सबैभन्दा ठूलो हीरा खानी किम्बर्ली
माइन, स्वर्ण उत्पादक नगर जोहान्सबर्ग, विश्वको सबैभन्दा बढी गर्मी हुने ठाउँ अल अजिजिया (लिविया) अवस्थित।
- अफ्रिका महादेशको सबैभन्दा बढी जनसंख्या भएको सहर
लागोस (नाइजेरिया) हो।
३. उत्तर अमेरिका महादेश (North America Continent):
- २३ वटा देशहरू भएको विश्वको तेस्रो ठूलो महादेश।
- उत्तरतिर फुकेको र दक्षिणतिर साँघुरिएको यो महादेश
पूरै उत्तरी गोलार्द्धमा पर्दछ।
- उत्तर-दक्षिण लम्बाइ ७२०० कि.मि. र पूर्व-पश्चिम चौडाइ
बढीमा ४८०० कि.मि. सम्म फैलिएको छ।
- क्षेत्रफल: २,४३,२०,००० वर्ग कि.मि.
- क्रिस्टोफर कोलम्बसले सन् १४९२ ताका पश्चिमी द्वीप
समूह पत्ता लगाएपछि यो महादेश पत्ता लागेको हो।
- यो महादेश लगायत दक्षिण अमेरिका महादेशलाई "नयाँ
संसार (New World)" उपनामले
चिनिन्छ।
- अमेरिगो विस्पुक्की नामक साहसी यात्रीको नामबाट
राखिएको।
- सुपेरियर ताल विश्वको सबैभन्दा ठूलो ताजा पानीको ताल, सबैभन्दा ठूलो गुम्बज एस्ट्रोडोम
अवस्थित।
- १० डिग्री उत्तरी अक्षांशदेखि ८० डिग्री उत्तरी
अक्षांशसम्म र २० डिग्री पश्चिमी देशान्तरदेखि १६० डिग्री पश्चिमी
देशान्तरसम्म फैलिएको छ।
- वुड बफेलो न्याशनल पार्क क्यानडामा पर्दछ। यो जङ्गली
भैंसी (Wild bison = अर्ना)
को लागि प्रख्यात छ।
- उत्तर अमेरिकाको सबैभन्दा होचो भाग मृत्यु उपत्यका (Death Valley) हो।
- उत्तर अमेरिकाको शितोष्ण घाँसे मैदानलाई प्रेयरिज
भनिन्छ।
- उत्तर र दक्षिण अमेरिकालाई पनामा नहरले छुट्याएको छ।
- यो महादेशको सबैभन्दा ठूलो देश क्यानडा हो।
४. दक्षिण अमेरिका महादेश (South America Continent):
- विश्वको चौथो ठूलो महादेश।
- १२ भन्दा बढी देशहरू छन्।
- थोरै भाग उत्तरी गोलार्द्धमा र धेरै भाग दक्षिण
गोलार्द्धमा फैलिएको छ।
- १२ डिग्री उत्तरी अक्षांशदेखि ५६ डिग्री दक्षिणी
अक्षांश, ३५ डिग्री
पश्चिमी देशान्तर देखि ८० डिग्री पश्चिमी देशान्तरसम्म फैलिएको छ।
- उत्तर-दक्षिण लम्बाइ ७४४२ कि.मि. र पूर्व-पश्चिम चौडाइ
(उत्तरपट्टिको फराकिलो भागमा) ५२२१ कि.मि. छ।
- क्षेत्रफल: १,७७,९८,५०० वर्ग कि.मि.
- सबैभन्दा अग्लो स्थानमा रहेको नौकायन ताल टिटिकाका
अवस्थित।
- उत्तर दक्षिण अमेरिकालाई पनामा नहरले छुट्याएको छ।
- एण्डिज पर्वतमाला विश्वको सबैभन्दा लामो पर्वतमाला हो।
- अर्जेन्टिनामा फैलिएको घाँसे मैदानलाई पेम्पाज भनिन्छ।
- बोलिभियाको राजधानी ला पाज विश्वमा नै सबैभन्दा उचाइमा
रहेको राजधानी हो।
- अमेजन नदी विश्वको सबैभन्दा ठूलो नदी हो।
५. अन्टार्कटिका महादेश (Antarctica Continent):
- पाँचौं ठूलो महादेश।
- कुनै देश रहेका छैनन्।
- दक्षिण ध्रुवीय क्षेत्रवरपर फैलिएको छ।
- क्षेत्रफल: १,३०,००,००० वर्ग कि. मि.
- सधैंभरि हिउँले ढाकेको हुन्छ।
- संसारको ९० प्रतिशत हिउँ अवस्थित।
- 'हिमचादर (lee sheet)' पनि भनिन्छ।
- मानव बसोबास छैन।
- अनुसन्धानका रूपमा केही भाग आ-आफ्नो कब्जामा राखेका
छन्।
- ६६ डिग्री देखि ९० डिग्नी दक्षिणी अक्षांशमा फैलिएको
छ।
- सबैभन्दा पछि पत्ता लागेको महादेश।
- स्थायी बसोबास नभएको तर शान्तिपूर्ण अनुसन्धानका लागि
सबै देशका लागि खुला। अनुसन्धानका लागि करिव २५०० मानिस वस्छन् ।
६. युरोप महादेश (Europe
Continent):
- विश्वको छैटौं ठूलो महादेश।
- ५० भन्दा बढी देशहरू रहेका छन्।
- पूर्ण रूपमा उत्तरी गोलार्द्धमा फैलिएको छ।
- ३९ डिग्री देखि ७१ डिग्री उत्तरी अक्षांश र ६५ डिग्री
पूर्वी देशान्तर देखि २० डिग्री पश्चिमी देशान्तरसम्म फैलिएको छ।
- पूर्व-पश्चिम लम्बाइ ६४०० कि.मि. र उत्तर-दक्षिण चौडाइ
(बीचको फराकिलो भागमा) ४८०० कि.मि. छ।
- क्षेत्रफल: १,०४,९८,००० वर्ग कि.मि.
- "भित्री समुद्रहरूले घेरिएको महाद्वीप" भनिन्छ।
- समुद्री किनार छियाछिया भएकोले "लामो समुद्री
किनारा भएको महाद्वीप" साथै "प्रायद्वीपको प्रायद्वीप"
उपनामले समेत चिनिन्छ।
- सर्वोच्च शिखर रसियामा पर्ने माउन्ट एल्ब्रुस (५६४२
मि.) हो।
- प्रसिद्ध नदी डेन्व्युव नदी हो, जुन ७ भन्दा बढी देश भएर बहन्छ।
- प्रमुख सहरहरू लण्डन, पेरिस, मस्को, जेनेभा, रोम, बर्लिन,
हेग आदि हुन्।
- स्केण्डेनेभियन क्षेत्र युरोपमा पर्दछ। स्केण्डेनेभियन
देशहरु नर्वे, स्वीडेन
र डेनमार्क हुन्। यस बाहेक आइसल्याण्ड र फिनल्याण्डलाई समेत स्क्याण्डेनेभियन
मुलुक मान्ने गरिन्छ।
- युरोप महादेशको युक्रेनलाई "Bread Basket of the World" भनिन्छ।
- Buffer
Zone of Europe भनेर बेल्जियमलाई भनिन्छ।
- जनसंख्या: ७४ करोड (९.४० प्रतिशत)।
७. अष्ट्रेलिया (Australia
Continent):
- विश्वको सबैभन्दा सानो महादेश हो।
- Island
Continent (टापु महादेश) पनि भनिन्छ।
- अष्ट्रेलिया, न्यू जिल्याण्ड, पपुवा न्यू गिनी लगायत अन्य १०
भन्दा बढी टापु राष्ट्रहरू छन्।
- पूरा भाग दक्षिणी गोलार्द्धमा फैलिएको छ।
- १० डिग्री दक्षिणी अक्षांशदेखि ४० डिग्री दक्षिणी
अक्षांशसम्म र १४४ डिग्री पूर्वी देशान्तरदेखि १८० पूर्वी देशान्तरसम्म
फैलिएको छ।
- पूर्व-पश्चिम लम्बाइ करिब ३९०० कि.मि. र उत्तर-दक्षिण
चौडाइ ३१५० कि.मि. छ।
- क्षेत्रफल सरदर ७६,८६,८५० वर्ग कि.मि. छ।
- उत्तर-पूर्वतर्फ केही पर समुद्री भागमा झण्डै २०००
कि.मि. लामो विशाल मुगाको ढिस्को रहेको छ।
- अष्ट्रेलिया महादेशको सबैभन्दा होचो स्थान आइरा ताल
हो। यो समुद्री सतहभन्दा १६ मिटर गहिरो छ।
- अष्ट्रेलियाको खोज ऐवेल तस्मान र जेम्स कुकले गरेका
थिए।
- सबैभन्दा ठूलो मरुभूमि ग्रेट भिक्टोरिया मरुभूमि हो।
- सबैभन्दा लामो पर्वत श्रृंखला ग्रेट डिभाइडिङ रेन्ज
हो।
- "विचित्रताको महादेश" पनि भनिन्छ।
- कंगारु, कोला, वियर, जंगली कुकुर,
डिगो, वालावी, वोम्बाट
विशिष्ट जीवजन्तुहरू हुन्।
- जनसंख्या: ४.४ करोड (०.६० प्रतिशत)।
विश्वका ७ महादेशको जनसङ्ख्या:
- एसिया (Asia)
महादेश ४ अर्ब ६९ करोड (५९.४० प्रतिशत)
- अफ्रिका (Africa)
महादेशः १ अर्ब ३९ करोड (१७.६० प्रतिशत)
- युरोप (Europe)
महादेश: ७४ करोड (९.४० प्रतिशत)
- उत्तर अमेरिका (North
America) महादेश: ५९ करोड (७.५० प्रतिशत)
- दक्षिण अमेरिका (South
America) महादेश: ४३ करोड (५.५० प्रतिशत)
- अष्ट्रेलिया र ओसेनिया क्षेत्र (Australia and Oceanic) महादेश: ४.४
करोड (०.६० प्रतिशत)
- अन्टार्कटिका (Antarctica)
महादेश: स्थायी बसोबास नभएको तर शान्तिपूर्ण अनुसन्धानका लागि
सबै देशका लागि खुला गरिएको। अनुसन्धानका लागि करिव २५०० मानिस वस्छन् ।
महादेशहरूको महत्त्वपूर्ण जानकारीहरू तालिकामा प्रस्तुत गरिएको छ:
महादेश |
क्षेत्रफल (वर्ग कि.मि.) |
जनसंख्या (लगभग) |
सर्वोच्च शिखर |
प्रमुख विशेषताहरू |
उपनाम |
अन्य महत्त्वपूर्ण तथ्य |
एसिया |
४,३९,९९,००० |
४ अर्ब ६९ करोड (५९.४०%) |
सगरमाथा |
ठूलो जनसंख्या, विविध संस्कृति, उच्च
पर्वतहरू |
विषमताको महादेश, विविधताको महादेश, Home of Man |
सबैभन्दा ठूलो देश चीन, सबैभन्दा सानो माल्दिभ्स, सबैभन्दा बढी टापु इन्डोनेसिया, सबैभन्दा बढी चिया
उत्पादन भारत, सबैभन्दा बढी हुलाक घर भारत, युराल पर्वतले युरोपबाट छुट्याउँछ |
अफ्रिका |
२,९७,८५,००० |
१ अर्ब ३९ करोड (१७.६०%) |
किलिमन्जारो |
सहारा मरुभूमि, नाइल नदी, विविध
वन्यजन्तु |
अँध्यारो महादेश |
५४ देश भएको महादेश, सबैभन्दा ठूलो मरुभूमि सहारा, सबैभन्दा लामो नदी नाइल, सबैभन्दा चिसो देश
मोरक्को, सबैभन्दा बढी गर्मी अल अजिजिया (लिबिया), सबैभन्दा बढी जनसंख्या लागोस (नाइजेरिया) |
उत्तर अमेरिका |
२,४३,२०,००० |
५९ करोड (७.५०%) |
डेनाली (माउन्ट
म्याकिन्ले) |
आधुनिक प्रविधि, ठूला तालहरू, प्रेयरीज
घाँसे मैदान |
नयाँ संसार |
२३ देश भएको महादेश, सुपेरियर ताल सबैभन्दा ठूलो ताजा पानीको
ताल, सबैभन्दा ठूलो गुम्बज एस्ट्रोडोम, वुड बफेलो न्याशनल पार्क क्यानडा, सबैभन्दा होचो
मृत्यु उपत्यका, प्रेयरीज घाँसे मैदान, पनामा नहरले दक्षिण अमेरिकाबाट छुट्याउँछ, सबैभन्दा
ठूलो देश क्यानडा |
दक्षिण अमेरिका |
१,७७,९८,५०० |
४३ करोड (५.५०%) |
एकोन्कागुआ |
अमेजन वर्षावन, एन्डिज पर्वतमाला, पम्पास
घाँसे मैदान |
चराहरूको महादेश |
१२ भन्दा बढी देश, टिटिकाका नौकायन ताल, एन्डिज पर्वतमाला सबैभन्दा लामो, पेम्पाज घाँसे
मैदान, ला पाज (बोलिभिया) सबैभन्दा उचाइमा रहेको राजधानी,
अमेजन सबैभन्दा ठूलो नदी |
अन्टार्कटिका |
१,३०,००,००० |
लगभग २५००
(अनुसन्धानकर्ता) |
भिन्सन मासिफ |
बरफले ढाकिएको, चिसो, वैज्ञानिक
अनुसन्धान केन्द्र |
सेतो महादेश, हिमचादर |
कुनै देश छैन, ९० प्रतिशत हिउँ, ६६
डिग्री देखि ९० डिग्री दक्षिणी अक्षांश, सबैभन्दा पछि
पत्ता लागेको महादेश |
युरोप |
१,०४,९८,००० |
७४ करोड (९.४०%) |
एल्ब्रुस |
ऐतिहासिक स्थलहरू, कला, संस्कृति,
आधुनिक शहरहरू |
प्रायद्वीपहरूको
प्रायद्वीप, भित्री समुद्रहरूले
घेरिएको महाद्वीप |
५० भन्दा बढी देश, डेन्व्युव नदी ७ भन्दा बढी देशमा बहन्छ,
प्रमुख सहरहरू लण्डन, पेरिस, मस्को, जेनेभा, रोम, बर्लिन, हेग, युक्रेनलाई Bread
Basket of the World, बेल्जियमलाई Buffer Zone of Europe |
अस्ट्रेलिया (ओशिनिया) |
७६,८६,८५० |
४.४ करोड (०.६०%) |
पुन्चाक जया |
मुगाको चट्टान, अनौठा जनावरहरू, विविध
प्राकृतिक दृश्यहरू |
विचित्रताको महादेश, टापु महादेश |
अष्ट्रेलिया, न्यू जिल्याण्ड, पपुवा
न्यू गिनी लगायत १० भन्दा बढी टापु राष्ट्र, आइरा ताल
सबैभन्दा होचो स्थान, ग्रेट भिक्टोरिया मरुभूमि, ग्रेट डिभाइडिङ रेन्ज पर्वत श्रृंखला, कंगारु,
कोला, वियर, डिगो,
वालावी, वोम्बाट विशिष्ट जीवजन्तु |
बहुवैकल्पिक प्रश्नहरु ( उच्च दक्षताका प्रश्नहरु मात्र )
1.
स्तम्भ 'क' र स्तम्भ 'ख' को सम्बन्ध मिलाई सही कोड छान्नुहोस्:
स्तम्भ 'क' (भौगोलिक विशेषता) |
स्तम्भ 'ख' (महादेश) |
I) सगरमाथा |
p) अफ्रिका |
II) सहारा मरुभूमि |
q) दक्षिण अमेरिका |
III) एन्डिज पर्वतमाला |
r) एसिया |
IV) ग्रेट भिक्टोरिया मरुभूमि |
s) अस्ट्रेलिया |
सही कोड छान्नुहोस्:
(A) I-r, II-p, III-q, IV-s (B) I-r, II-s, III-p, IV-q (C)
I-p, II-r, III-s, IV-q (D) I-s, II-q, III-r, IV-p
2. स्तम्भ 'क' र स्तम्भ 'ख' को सम्बन्ध मिलाई
सही कोड छान्नुहोस्:
स्तम्भ 'क' (महत्वपूर्ण स्थान) |
स्तम्भ 'ख' (महादेश) |
I) ला पाज |
p) उत्तर अमेरिका |
II) बरखोयान्स्क |
q) युरोप |
III) लण्डन |
r) एसिया |
IV) वुड बफेलो न्याशनल पार्क |
s) दक्षिण अमेरिका |
सही कोड छान्नुहोस्:
(A) I-s, II-r, III-q, IV-p (B) I-r, II-s, III-p, IV-q (C)
I-s, II-q, III-r, IV-p (D) I-r, II-s, III-q, IV-p
3. स्तम्भ 'क' र स्तम्भ 'ख' को सम्बन्ध मिलाई
सही कोड छान्नुहोस्:
स्तम्भ 'क' (उपनाम) |
स्तम्भ 'ख' (महादेश) |
I) विषमताको महादेश |
p) अफ्रिका |
II) नयाँ संसार |
q) अस्ट्रेलिया |
III) अँध्यारो महादेश |
r) एसिया |
IV) विचित्रताको महादेश |
s) उत्तर अमेरिका |
सही कोड छान्नुहोस्:
(A) I-r, II-s, III-p, IV-q (B) I-r, II-s, III-q, IV-p (C)
I-p, II-r, III-s, IV-q (D) I-s, II-r, III-q, IV-p
4. स्तम्भ 'क' र स्तम्भ 'ख' को सम्बन्ध मिलाई
सही कोड छान्नुहोस्:
स्तम्भ 'क' (भौगोलिक विशेषता) |
स्तम्भ 'ख' (नदी/ताल) |
I) एसिया |
p) सुपेरियर ताल |
II) अफ्रिका |
q) अमेजन नदी |
III) उत्तर अमेरिका |
r) नाइल नदी |
IV) दक्षिण अमेरिका |
s) बैकाल ताल |
सही कोड छान्नुहोस्:
(A) I-s, II-r, III-p, IV-q (B) I-r, II-s, III-p, IV-q (C)
I-p, II-r, III-s, IV-q (D) I-s, II-q, III-r, IV-p
5. स्तम्भ 'क' र स्तम्भ 'ख' को सम्बन्ध मिलाई
सही कोड छान्नुहोस्:
स्तम्भ 'क' (प्रमुख तथ्य) |
स्तम्भ 'ख' (महादेश) |
I) सबैभन्दा बढी देश |
p) एसिया |
II) सबैभन्दा सानो |
q) अफ्रिका |
III) सबैभन्दा बढी जनसंख्या |
r) अस्ट्रेलिया |
IV) सबैभन्दा चिसो |
s) अन्टार्कटिका |
सही कोड छान्नुहोस्:
(A) I-q, II-r, III-p, IV-s (B) I-r, II-s, III-p, IV-q (C)
I-p, II-r, III-s, IV-q (D) I-s, II-q, III-r, IV-p
6. स्तम्भ 'क' र स्तम्भ 'ख' को सम्बन्ध मिलाई
सही कोड छान्नुहोस्:
स्तम्भ 'क' (जीवजन्तु) |
स्तम्भ 'ख' (महादेश) |
I) कंगारु |
p) अफ्रिका |
II) हात्ती |
q) एसिया |
III) ध्रुवीय भालु |
r) अस्ट्रेलिया |
IV) पाण्डा |
s) अन्टार्कटिका |
सही कोड छान्नुहोस्:
(A) I-r, II-p, III-s, IV-q (B) I-r, II-s, III-p, IV-q (C)
I-p, II-r, III-s, IV-q (D) I-s, II-r, III-q, IV-p
7. स्तम्भ 'क' र स्तम्भ 'ख' को सम्बन्ध मिलाई
सही कोड छान्नुहोस्:
स्तम्भ 'क' (उपनाम) |
स्तम्भ 'ख' (स्थान) |
I) विश्वको अन्न भण्डार |
p) जोहान्सबर्ग |
II) स्वर्ण उत्पादक नगर |
q) युक्रेन |
III) नयाँ संसार |
r) उत्तर अमेरिका |
IV) हिमचादर |
s) अन्टार्कटिका |
सही कोड छान्नुहोस्:
(A) I-q, II-p, III-r, IV-s (B) I-r, II-s, III-p, IV-q (C)
I-p, II-r, III-s, IV-q (D) I-s, II-q, III-r, IV-p
8. स्तम्भ 'क' र स्तम्भ 'ख' को सम्बन्ध मिलाई
सही कोड छान्नुहोस्:
स्तम्भ 'क' (विशेषता) |
स्तम्भ 'ख' (महादेश) |
I) सबैभन्दा चिसो हावापानी |
p) दक्षिण अमेरिका |
II) सबैभन्दा उचाइमा रहेको राजधानी |
q) अफ्रिका |
III) सबैभन्दा बढी टापु भएको देश |
r) इन्डोनेसिया |
IV) पेम्पाज घाँसे मैदान |
s) मोरक्को |
सही कोड छान्नुहोस्:
(A) I-s, II-p, III-r, IV-p (B) I-r, II-s, III-p, IV-q (C)
I-p, II-r, III-s, IV-q (D) I-s, II-q, III-r, IV-p
9. दिइएका विशेषताहरूको आधारमा महादेश
पहिचान गर्नुहोस्:
- सबैभन्दा सानो महादेश
- टापु महादेश पनि भनिन्छ
- कंगारु, कोला जस्ता अनौठा जनावर पाइन्छ
- ग्रेट भिक्टोरिया मरुभूमि अवस्थित
(A) अन्टार्कटिका (B) युरोप
(C) अस्ट्रेलिया (D) दक्षिण अमेरिका
10. दिइएका विशेषताहरूको आधारमा महादेश
पहिचान गर्नुहोस्:
- सबैभन्दा बढी देश भएको महादेश
- नाइल नदी बग्दछ
- सहारा मरुभूमि अवस्थित
- मानव सभ्यताको उत्पत्ति स्थल मानिन्छ
(A) एसिया (B) अफ्रिका
(C) उत्तर अमेरिका (D) युरोप
11. दिइएका विशेषताहरूको आधारमा महादेश
पहिचान गर्नुहोस्:
- विश्वको सबैभन्दा ठूलो महादेश
- सगरमाथा अवस्थित
- सबैभन्दा बढी जनसंख्या भएको महादेश
- मृत सागर अवस्थित
(A) अस्ट्रेलिया (B) दक्षिण
अमेरिका (C) एसिया (D) अफ्रिका
12. दिइएका विशेषताहरूको आधारमा महादेश
पहिचान गर्नुहोस्:
- एन्डिज पर्वतमाला अवस्थित
- अमेजन नदी बग्दछ
- पेम्पाज घाँसे मैदान अवस्थित
- विश्वको सबैभन्दा उचाइमा रहेको राजधानी अवस्थित
(A) उत्तर अमेरिका (B) दक्षिण
अमेरिका (C) युरोप (D) अन्टार्कटिका
13. दिइएका विशेषताहरूको आधारमा महादेश पहिचान गर्नुहोस्:
- स्थायी बसोबास छैन
- वैज्ञानिक अनुसन्धानको लागि महत्त्वपूर्ण
- ९० प्रतिशत हिउँले ढाकिएको
- सबैभन्दा चिसो महादेश
(A) युरोप (B) अस्ट्रेलिया
(C) अन्टार्कटिका (D) एसिया
14. महादेशहरूलाई क्षेत्रफलको आधारमा ठूलोदेखि सानो क्रममा मिलाउनुहोस्:
(A) अफ्रिका, एसिया,
उत्तर अमेरिका, दक्षिण अमेरिका, अन्टार्कटिका (B) एसिया, अफ्रिका,
उत्तर अमेरिका, दक्षिण अमेरिका, अन्टार्कटिका (C) उत्तर अमेरिका, एसिया, अफ्रिका, दक्षिण
अमेरिका, अन्टार्कटिका (D) दक्षिण
अमेरिका, अफ्रिका, एसिया, उत्तर अमेरिका, अन्टार्कटिका
15. महादेशहरूलाई जनसंख्याको आधारमा बढीदेखि कम क्रममा मिलाउनुहोस्:
(A) अफ्रिका, एसिया,
युरोप, उत्तर अमेरिका, दक्षिण
अमेरिका (B) एसिया, अफ्रिका, युरोप, उत्तर अमेरिका, दक्षिण
अमेरिका (C) युरोप, अफ्रिका, एसिया, उत्तर अमेरिका, दक्षिण
अमेरिका (D) दक्षिण अमेरिका, उत्तर
अमेरिका, युरोप, अफ्रिका, एसिया
16. तलका भौगोलिक विशेषताहरूलाई उत्तरदेखि
दक्षिणतिरको क्रममा मिलाउनुहोस्:
(A) सगरमाथा, एन्डिज
पर्वतमाला, किलिमन्जारो, ग्रेट
डिभाइडिङ रेन्ज (B) एन्डिज पर्वतमाला, सगरमाथा,
किलिमन्जारो, ग्रेट डिभाइडिङ रेन्ज (C)
किलिमन्जारो, सगरमाथा, एन्डिज
पर्वतमाला, ग्रेट डिभाइडिङ रेन्ज (D) सगरमाथा,
किलिमन्जारो, एन्डिज पर्वतमाला, ग्रेट डिभाइडिङ रेन्ज
17. तलका नदीहरूलाई पूर्वबाट पश्चिमतिरको
क्रममा मिलाउनुहोस्:
(A) नाइल, अमेजन,
मिसिसिपी, याङ्त्जे (B) याङ्त्जे,
नाइल, मिसिसिपी, अमेजन
(C) मिसिसिपी, अमेजन, नाइल,
याङ्त्जे (D) अमेजन, मिसिसिपी,
याङ्त्जे, नाइल
18. तलका शहरहरूलाई उत्तरबाट दक्षिणतिरको
क्रममा मिलाउनुहोस्:
(A) लण्डन, पेरिस,
रोम, जोहान्सबर्ग (B) पेरिस,
लण्डन, रोम, जोहान्सबर्ग
(C) रोम, लण्डन, पेरिस,
जोहान्सबर्ग (D) लण्डन, रोम,
पेरिस, जोहान्सबर्ग
उत्तरकुंजी
1.
(A) I-r, II-p, III-q,
IV-s
2.
(A) I-s, II-r, III-q,
IV-p
3.
(A) I-r, II-s, III-p,
IV-q
4.
(A) I-s, II-r, III-p,
IV-q
5.
(A) I-q, II-r, III-p,
IV-s
6.
(A) I-r, II-p, III-s,
IV-q
7.
(A) I-q, II-p, III-r,
IV-s
8.
(A) I-s, II-p, III-r,
IV-p
9.
(C) अस्ट्रेलिया
10. (B) अफ्रिका
11. (C) एसिया
12. (B) दक्षिण अमेरिका
13. (C) अन्टार्कटिका
14. (B) एसिया, अफ्रिका,
उत्तर अमेरिका, दक्षिण अमेरिका, अन्टार्कटिका
15. (B) एसिया, अफ्रिका,
युरोप, उत्तर अमेरिका, दक्षिण
अमेरिका
16. (D) सगरमाथा, किलिमन्जारो,
एन्डिज पर्वतमाला, ग्रेट डिभाइडिङ रेन्ज
17. (B) याङ्त्जे, नाइल,
मिसिसिपी, अमेजन
18. (A) लन्डन, पेरिस,
रोम, जोहान्सबर्ग
0 comments:
Post a Comment